इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

 कात्तिक १३, २०७८ शनिबार ११:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताउनुभएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा भएको विद्युतीय गाडीको र्यालीकाे उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्याँसको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो ।

बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।  उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताउनुभयो ।

मन्त्री भुसालले विद्युतीय गाडीको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र यसले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार/पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आउँदाे दिनमा अझ बढ्ने निश्चित रहेकाले विद्युतको खपत बढाउन विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

ललितपुरको जावलाखेलबाट सुरु भएको र्‍याली काठमाण्डौका विभिन्न ठाउँ हुँदै भृकुटीमण्डपमा पुगेको थियो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया