त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दै
माघ २२, २०८१ मंगलबार
मुस्ताङ - राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शनका लागि राष्ट्रपति भण्डारी बिहान काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मुक्तिनाथ पुग्नुभएको हो ।
कोरोना भाइरसको महामारीका कारण धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवं तीर्थयात्रा प्रभावित भएको अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरक्षित छ भन्ने सन्देश दिन राष्ट्रपति भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो।
राष्ट्रपति भण्डारी मुस्ताङबाट ढोरपाटन सिकार आरक्षको अवलोकन भ्रमणमा जाने कार्यक्रम छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।