त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप नौ सय ११ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २६ जनामा झरेको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ९१ हजार दुई सय ६९ जना पुगेको छ । यसैबीच, कोरोना सक्रमण पनि चार पाँच प्रतिशत भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा सात हजार नौ सय ११ जनाको नमूना परीक्षण गर्दा तीन सय ७२ जना अर्थात् चार दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार तीन सय ९९ जना पुगेको छ । यस्तै २४ घण्टामा थप एक लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिलेसम्म ८६ लाख ६७ हजार चार सय २७ जनाले कम्तिमा एक मात्रा र ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।