आज विश्व सहरी दिवस मनाइँदै

 कात्तिक १४, २०७८ आइतबार ७:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व सहरी दिवस मनाइँदैछ । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहरीकरण दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा यस वर्ष सहरी विकास मन्त्रालयको नेतृत्वमा काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत विभिन्न पालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम गर्न लागेको मन्त्रालयका सहसचिव एवं दिवस मुल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताउनुभयो ।

नेपालमा नगरपालिका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या झण्डै ६२ प्रतिशत छ । तर सहरी सुविधा उपयोग गर्ने जनसङ्ख्या झण्डै एक चौथाइ मात्र रहेको छ । व्यवस्थित सहरीकरण, सहरको भौतिक वातावरण तथा व्यवस्थापन हुन सकेको छैन ।

दिवसका अवसरमा शुभकामना दिँदै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जलवायु परिर्वतनका चुनौतीको सामना गर्न अनुकूलन क्षमता र सामाजिक पूँजी वृद्धि गरी सम्भावित प्रकोपका जोखिम कम गर्न र सहरी उत्थानशीलतालाई सुदृढ बनाउन सहरको दिगो विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सहर दिवसको मुख्य उद्देश्य विकासका प्रमुख मुद्दा सहरीकरणलाई मानेर दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र सहरी समस्या समाधानका उपायको खोजी तथा कार्यान्वयन गर्ने रहेको संयोजक शर्माको भनाइ छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया