आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

 कात्तिक १४, २०७८ आइतबार ७:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । कुनै ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया