मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रकाे जङ्ग...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरूको एक समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएकाले विरोध स्वरूप कलाकारहरूको समूहले आज आइतवार मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् । उनीहरूले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्ले कार्डहरू समेत प्रदर्शन गरेका थिए ।
उनीहरूले मुद्दा सुनुवाइ गर्न छाेडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रूपमा स्थापित सम्माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन जस्ता लेखिएका प्ले कार्ड बाेकेका थिए ।
साथै न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरूबाट गरिएको हड्तालले न्यायमूर्तिको शाेभा दिएन, इजलासमा बसेर न्याय देऊ होइन भने राजीनामा देऊ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरू राजनीति, गुटबन्दी र बारमा लगायत लेखिएको प्ले कार्ड प्रस्तुत गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।