पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप चार सय आठ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव १६ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
यस्तै थप पाँच सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९१ हजार सात सय ८७ पुगेको छ । अहिले नेपालमा नौ हजार तीन सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप आठ सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय सात पुगेको छ ।
२४ घण्टामा ३८ हजार आठ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव एक प्रतिशत अर्थात् ७१ लाख ८९ हजार ६ सय ८९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै ४३ दशमलव पाँच प्रतिशत अर्थात् ८६ लाख ६८ हजार पाँच सय ९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।