'फोरजी' ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिन्यो

 कात्तिक १४, २०७८ आइतबार १७:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चौथो पुस्ताको नेटवर्क अर्थात् 'फोरजी' का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहकसहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको छ । 

साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । 
यस्तै साउनमा एनसेलका ५५ लाख ११ हजार फोरजी ग्राहक रहेकामा भदौमा दुई लाख ४३ हजार थपिएर ५७ लाख २५ हजार जना पुगेको छ । 

यस्तै प्राधिकरणका अनुसार अहिलेसम्म भ्वाइस सेवाका ग्राहक चार करोड आठ लाख नौ हजार जना पुगेका छन् । नेपालको जनसङ्ख्या तीन करोड दुई लाख जनालाई आधार मान्दा एक सय ३५ प्रतिशत जनसङ्ख्यामा भ्वाइस सेवा पुगेको छ । 

साथै इन्टरनेट सेवाका ग्राहकको सङ्ख्या तीन करोड ३४ लाख ५८ हजार पुगेको छ । यसमध्ये साढे दुई करोडभन्दा धेरै मोबाइल इन्टरनेट सेवाका ग्राहक रहेका छन् भने ७० लाख ७० हजार इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक रहेका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • खतिवडा योगेन्द्र

    Oct. 31, 2021, 5:33 p.m.

    सेवा जस्तो भएनी के गर्नु डाटा खोलेर बन्द गर्न नपाइ सय रुपैयाँ चैट बनाई दिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया