मलामी गएका एक किशाेर कालीगण्डकीमा बेपत्ता

 कात्तिक १४, २०७८ आइतबार २०:४६:४४ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी – गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशाेर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन् । 

ती किशाेर चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आज आइतवार दिउँसाे सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएको छ । 

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ्बाट प्रहरी सहायक निरीक्षक लक्ष्मण विकको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा सात जना गरी ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगी पौडेलको खोजी कार्य गरिरहेको छ ।

खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया