आज काठमाण्डौसहित पहाडी क्षेत्रमा दिनभरि नै बादल लाग्ने सम्भावना

 कात्तिक १५, २०७८ सोमबार ८:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रमा बादल लागेको छ ।

मौसमविद्काअनुसार आज दिनभरि नै काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि मलिनो लाग्छ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन  ठूलो पानी पर्ने वा झरी पर्ने  सम्भावना भने छैन ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यसैबीच आज बिहान काठमाण्डौ न्यूनतम तापक्रम हिजोभन्दा तीन डिग्री सेल्सियसले बढेको छ ।

हिजो काठमाण्डौको तापक्रम ११ डिग्री सेल्सियस रहेकोमा आज १४ डिग्री सेल्सियस पुगेको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया