त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - राहदानी बनाउनेको सङ्ख्या यो वर्षको अहिलेसम्मकै उच्च भएको छ । सामान्य अवस्थामा दैनिक एक हजार जनासम्मले राहदानी बनाउने गरेकामा हिजो एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन पाएका विभागका प्रवक्ता सरद राज अरनले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिनयता लगातार राहदानी बनाउनेको भीड बढेको छ । हिजो राहदानी बनाउनका लागि ५ हजार जनाले टोकन लिएका उहाँले बताउनुभयो । अब टोकन नम्बरका आधारमा राहदानी वितरण गरिने उहाँको भनाइ छ। राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु छ।
भीड थेगिसक्ने अवस्था नभएकाले भीड नियन्त्रणका लागि टोकनको व्यवस्था गरिएको भए पनि टोकन लिनकै लागि पनि भीड हुने गरेको छ । बिहानैदेखि राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । धेरै भीडका कारण बाटोमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गरेको छ । अहिले अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको उहाँ बताउनुहुन्छ । त्यो भिसा आवेदनका लागि गएको वर्षदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ ।
विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रकाे नम्बरले काम गर्थ्याे तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।
गएको सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता अहिलेसम्म ६७ लाख ५९ हजार ९ सय ८३ थान राहदानी जारी भएका छन् ।
राहदानीको खपत बढे पनि अभाव भने नभएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।