केन्द्रीय सुरक्षा समितिकाे बैठक : भिड नगर्न आग्रह, निषेधाज्ञा वा आदेश जारी भने नहुने

 कात्तिक १५, २०७८ सोमबार १९:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकले चाडबाडका समयमा भिडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थित रूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज साेमवार सिंहदरबारमा रहेकाे गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिनुभयो । उहाँले लापर्बाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै अहिले निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताउनुभयो ।

बैठकमा रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया