आज धनवन्तरि जयन्ती, धनतेरस पनि आजै

 कात्तिक १६, २०७८ मंगलबार ७:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज आयुर्वेदका प्रणेता धनवन्तरिको जन्म दिन हाे । आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो ।

कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट भएको  धार्मिक कथन छ । आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई धनवन्तरि जयन्तीको रुपमा विशेष महत्वका साथ मनाउने गर्दछन् ।

यस्तै, आज धनतेरस पनि हाे । विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा धनधान्यले सम्पन्न हुने जनविश्वास छ । धनतरेसको दिन कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । यस्तै, धन्तेरसमा सुन र चाँदी किन्नु पनि शुभ मानिन्छ ।
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया