आज दाेस्राे दिन पनि काेराेना सङ्क्रमण दर ५ प्रतिशतभन्दा तल झर्‍याे

 कात्तिक १६, २०७८ मंगलबार १६:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज मङ्गलवार लगातार दोस्रो दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ । 

२४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ५५ प्रतिशत अर्थात् चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजो साेमवार पनि सङ्क्रमण दर साढे चार प्रतिशतमै सीमित थियो । 

यस्तै पछिल्लो २४ घण्टामा थप पाँच सय ५५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार आठ सय ३२ पुगेको छ । 

यही अवधिमा ११ जना काेराेना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार चार सय २७ पुगेको छ । अहिले नौ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै २४ घण्टामा थप ८० हजार आठ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैबीच सरकारले अहिलेसम्म एक करोड ६० लाख मात्रा खोप लगाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ६० लाख चार हजार एक सय २७ मात्रा खोप लगाइएको छ । यसमध्ये ७३ लाख २४ हजार नौ सय २९ जनाले पूर्ण मात्रा र ८६ लाख ७९ हजार एक सय ९८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । 

१८ वर्षमाथिकाे जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव आठ प्रतिशतले पूर्ण मात्रा र ४३ दशमलव ६ प्रतिशतले एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: कात्तिक २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया