बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ ।
आज बुधवारकाे कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेको बताउँदै अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको हो । उहाँले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।
महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, पालिकासँग समन्वय गर्न नसक्नु, कोभिड–१९ का कारणले ढिला भएको बताउनुभयो । उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो ।
महानिर्देशक क्षेत्रीले भन्नुभयो, ‘गौतम बुद्ध विमानस्थलको प्राविधिक स्थितिकाे सबै प्रक्रिया पूरा गरिसकेका छौँ । अबको एक महिनाभित्र हामीले परीक्षण उडान गर्नेछाैँ । त्यसपछि जति नै ढिला गरे पनि अबकाे पाँच महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ ।
महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भाैतिक पूर्वाधारकाे ८० प्रतिशत सकिएको बताउनुभयो ।
उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्यान्डफिल बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो ।
महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (ईयू) ले नेपालको एअरलाइन्सलाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाउने बताउनुभयो । महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार दुई सय रुपैयाँमा झारेको बताउनुभयो ।
महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरे पनि काम नरोकिएको बताउनुभयो । ‘केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुरु भइसकेको छ, केही ढिला मात्रै भएको हो’, उहाँले भन्नुभयाे ।
पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले निजगढ विमानस्थलको काम पनि सुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भए पनि यो सम्भव नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।