आज तेस्राे दिन पनि काेराेना सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम

 कात्तिक १७, २०७८ बुधबार १६:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज बुधवार तेस्राे दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार नौ सय १३ जनाको नमुना परीक्षण गर्दा चार दशमलव पाँच शून्य प्रतिशत अर्थात् चार सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजाे मङ्गलवार र अस्ति साेमवार पनि नेपालमा नमुना परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा कममा सङ्क्रमण पुष्टि भएकाे थियाे । 

योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १३ हजार आठ सय २८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार सात सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ३९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार दुई सय ७१ पुगेको छ ।

यही अवधिमा सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३४ पुगेको छ । अहिले नेपालमा नौ हजार एक सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७३ लाख ८१ हजार दुई सय दुई जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने ८७ लाख १९ हजार नौ सय ९५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया