बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट काम गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज बुधवार आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देउती गुरुङले कुकुर पूजा एवम् पुरस्कृत गर्नुभएको हो ।
यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, हाइजम्पतर्फ उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ उत्कृष्ट हुने कुकुर ‘कालु’ लाई पुरस्कृत गरिएको छ ।
त्यही अवसरमा यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत एसएसपी गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी एवम् पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धारलगायत कार्यको प्रदर्शनी गरिएको थियो ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।