कोरोनाबाट जोगिएर तिहार मनाउन खाेटाङ प्रशासनको आग्रह

 कात्तिक १७, २०७८ बुधबार २०:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को सङ्क्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ । 

जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।

बैठकलगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैली जस्ता भिडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ । 

तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै प्रशासनले आतसबाजी, पटका लगायतका विष्फोटकजन्य पदार्थ बेचबिखन र प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । 

यस्तै, रक्सी खाएर सार्वजनिक रूपमा हो–हल्ला गरी शान्ति भङ्ग गर्नेलाई तत्काल पक्राउ गरी नियमअनुसार कारबाही गर्ने, जुवातास तथा जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमअनुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया