टी–२० विश्व कप : भारतकाे पहिलाे जित, अफगानिस्तान ६६ रनले पराजित

 कात्तिक १८, २०७८ बिहीबार ६:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ । सुपर १२ को समूह दुई अन्तर्गत गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितसँगै भारतले सेमिफाइनलको झिनो सम्भावना कायमै राखेको छ ।

आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनायो । भारतका रोहित शर्माले ७४ तथा केएल राहुलले ६९ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्ड्या ३५ र रिसभ पन्त २७ रनमा अविजित रहे ।

अफगानिस्तानका करिम जन्नत र गुलबदिन नइबले एक/एक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका करिम जन्नतले अविजित ४२ तथा कप्तान मोहम्मद नाबीले ३५ रन जोडे ।

भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले एक/एक विकेट लिए । यसअघिका खेलमा भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो। भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्नेछ ।

यी दुवै खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए मात्रै भारत नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने झिनो आशा कामयै छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटाैँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया