प्रधानमन्त्री देउवा स्वदेश फिर्ता : पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह

 कात्तिक १८, २०७८ बिहिबार ११:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा भाग लिएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गठबन्धन पूरै समयसम्म रहने भन्दै अरु थप प्रश्न नसोध्न आग्रह गर्नुभयो ।

स्कटल्यान्डकाे ग्लास्गो सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा भाग लिएर उहाँ आज स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्रीसहितको नेपाली टोली गएको १२ गते बेलायतको लण्डन गएको थियो । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया