नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९ हजारभन्दा तल झर्‍याे

 कात्तिक १८, २०७८ बिहीबार १७:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा पाँच सय १८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार आठ सय ९० मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सात लाख ९३ हजार सात सय ८९ जना सङ्क्रमित निको भइसकेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरिएकोमा पाँच दशमलव ५७ प्रतिशत अर्थात् तीन सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार एक सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार सात सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यही अवधिमा दुई जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७४ लाख ३० हजार तीन सय पाँच जनाले पूर्ण मात्रा र ८७ लाख ३५ हजार दुई सय ६४ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।  

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया