नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

 कात्तिक १८, २०७८ बिहिबार १९:४०:५८ | नेत्र शाही
unn.prixa.net

फाइल फाेटाे

नेत्र शाही – सरकारी स्वामित्वकाे नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो ।

अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।  

सरकारी जहाज नआउने र निजी जहाजकै भर पर्नु परेपछि यात्रुलाई निकै सकस भएको थियो । अहिले एअरलाइन्सले हप्तामा दुई उडान भर्न थालेपछि सहज हुने यात्रुहरूले जनाएका छन् । 

एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्रशासन, नागरिक उड्डयन प्राधिकरण, जहाजका प्रतिनिधि, राजनीतिक दल र सञ्चारकर्मीसहितको बैठकले सरकार र सरोकारवाला निकायहरूलाई उडान बढाउने र कार्यालय खोल्ने, ई–टिकटसहितको व्यवस्था गर्ने निर्णय गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया