एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले आफूहरू मारमा परेको गुनासो गरेका छन् ।
काठमाण्डाैकाे न्यु राेड क्षेत्रमा देखिएको फूलको व्यापारमा धेरैजसाे भारतीय फूल देखिएको छ । भारतीय फूल प्रति माला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको माला प्रति माला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान/व्यापारीले गुनासो गरेका छन् ।
काठमाण्डाैमा लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो हप्ता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो । काठमाण्डाै उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूलको खेती हुने गरेको छ ।
फूल बेच्नका लागि काठमाण्डाैमा छिमेकी जिल्लाहरू– नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन् । काठमाण्डाैकाे न्यु राेडमा फूल बेच्ने र किन्नेहरूको अत्यधिक भिड देखिए पनि नेपाली किसान/व्यापारी भने निराश देखिएका छन् ।
बर्सेनि तिहारको समयमा काठमाण्डाैमा आइ फूल बेच्दै आउनुभएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्यधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गर्नुभयो ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाका कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ । कोराेना सङ्क्रमणको जोखिम कम भएको र मानिसहरूले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा फूलकाे माग बढ्ने अनुमान गरिएको थियो ।
गएकाे वर्षको तुलनामा पाँच लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक झन्डै तीन अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बताइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।