भैरहवामा रास्वपा सभापति लामिछानको बयान आज पनि
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – आज शनिवार लगातार दोस्रो दिन पनि कोरोना भाइरसको सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । गएको २४ घण्टामा तीन हजार नौ सय ३२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५३ प्रतिशत अर्थात् एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार चार सय १७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
हिजाे शुक्रवार पनि चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको थियाे ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ९६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार आठ सय ३४ जना पुगेको छ ।
यही अवधिमा एक जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३९ पुगेको छ ।
अहिले नेपालमा आठ हजार एक सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।