भारतले जापानसँग किन्ने भयो १८ वटा बुलेट ट्रेन

 भदौ २०, २०७५ बुधबार १८:२१:२३ | एजेन्सी
unn.prixa.net

नरेन्द्र मोदी सरकारको महत्वाकांक्षी परियोजना ‘बुलेट ट्रेन प्रोजेक्ट’ अन्तरगत भारतले जापान सँग १८ वटा बुलेट ट्रेन किन्ने तयारी गरेको छ ।

इकोनोमिक्स टाइम्सलाई एक उच्च अधिकारीले भनेका छन्, ‘हामी जापानसँग १८ वटा शिंकनसेन बुलेट ट्रेन किन्दैछौँ । हरेक रेलमा १० वटा डिब्बा हुनेछन् । सबै रेल तीन सय किलोमिटर प्रतिघण्टाका गतिले चल्नेछन् ।’

यी रेलको मूल्य झण्डै ७ हजार करोड रुपैयाँ पर्ने बताइएको छ । दुई देशबीच भएको सम्झौता अनुसार जापानले भारतमै बनाउन मिल्नेगरी प्रविधिमा पनि सघाउनेछ ।

भारतमा पहिलो बुलेट ट्रेन सन् २०२२ को अन्त्यसम्ममा मुम्बईबाट अहमदाबादसम्म चलाउने तयारी छ । यसका लागि ५०८ किलोमिटर लम्बाइ रहेको रेल्वे ट्रयाक बनाउन जापानले सघाइरहेको छ । यो रेलमा इकोनोमी क्लासको टिकटको मूल्य झण्डै तीन हजार भारतीय रुपैयाँ हुन बताइएको छ ।

यो महत्वाकांक्षीका लागि सन् २०१८ को डिसेम्बर जग्गा अधिग्रहणको काम सकिनेछ । यो परियोजनामा १२ वटा स्टेसन हुनेछ । 

सम्झौताअनुसार जापान सरकारले भारतलाई ८८ हजार करोड रुपैयाँ ऋण प्रदान गर्नेछ । जसअनुसार ०.०१ प्रतिशत ब्याजदरको रुपमा ५० वर्षसम्ममा भारतले जापानलाई पैसा फिर्ता गर्नुपर्नेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया