कालीकाेटकाे लार्फा गाउँमा खानेपानीको अभाव

 कात्तिक २१, २०७८ आइतबार २०:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकोट – कालीकाेटकाे पलाँता गाउँपालिका २ लार्फा गाउँका नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ । पालिका सरकार आए पनि आफूहरूको पानीको समस्या अहिलेसम्म समाधान नभएकाे अमनि विश्वकर्माले बताउनुभयाे । 

‘यहाँका सबै टोलका नागरिकले पानी भर्ने ठाउँ लार्फा गाउँ हो, म बिहानैदेखि पानी लिन आएकाे हुँ, पालोमा बस्नुपर्छ, पालाे मिचिएमा झगडा हुन्छ । वडाध्यक्षले केही गरेनन्, हामीलाई पानी भएको भए केही चाहिँदैन थियो’, उहाँले सुनाउनुभयाे । 

पानी लिन जानुभएका अर्का व्यक्ति जितन विश्वकर्माले पनि आफू पालोको पर्खाइमा रहेकाे बताउनुभयाे । 

यस विषयमा पलाँता गाउँपालिका २ का अध्यक्ष बिरि कामीसँग साेध्दा गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेकाे उहाँले बताउनुभयाे । यस्नै उहाँले अबकाे १५ दिनमा लार्फा गाउँका एक घरमा एक धारा तयार पार्ने दाबी गर्नुभयाे ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया