काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – वर्ल्ड मार्सल आर्ट्स कमिटीको आयोजनामा जर्मनीको सिविस गुइनमा भएको १२औं वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका भूपेन्द्र गुरुङले स्वर्ण पदक जितेका छन् ।
भूपेन्द्रले छ्यान् छुवानमा स्वर्ण पदक जितेको नेपाल उमा कङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।
यसैगरी मुन्नी सुवेदीले ताइची र विजय तामाङले सान्डामा कास्य पदक जितेको अध्यक्ष लामाले बताए । कास्य पदक विजेता मुन्नी सुवेदी अधिवक्ता तथा लेक्चर पनि हुन् ।
प्रतियोगितामा २५ राष्ट्रका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।