वाग्मतीका मुख्यमन्त्री पाण्डेले माग्नुभयाे विश्वासकाे मत

 कात्तिक २२, २०७८ सोमबार १६:५६:५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज साेमवार प्रदेश सभामा विश्वासको मत माग्नुभएकाे छ । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेर विश्वासकाे मत माग्नुभएकाे हाे ।   

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे हाे ।  

त्यही क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले लामो समयसम्म सरकारको नेतृत्व गर्नेहरूबाट नागरिककाे हितका लागि कुनै पनि काम हुन नसकेको र आफ्नो नेतृत्वमा वाग्मती प्रदेशले काँचुली फेर्ने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयाे ।

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभयाे । मुख्यमन्त्री पाण्डेले प्रदेशको हैसियत माथि उठाउन, प्रदेश सभा सदस्यहरूको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताउनुभयाे ।  

नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको गरी ५९ सांसदको साथ रहेको छ । प्रदेशमा एक सय नाै सांसद छन् । पाण्डेलाई सरकार टिकाउन ५५ सांसदको साथ आवश्यक पर्दछ । गठबन्धनको ५९ सांसदको साथ पाउनुभएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया