हेटाैँडामा लहरीले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 कात्तिक २३, २०७८ मंगलबार १०:१२:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको ज्यान गएकाे छ । 

ज्यान गुमाउनेमा हेटौँडा–१२ का २० वर्षीय सुशान्त पुडासैनी रहेका छन् ।

आज बिहान लहरीले मोटरसाइकललाई ठक्कर दिँदा उनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

ना ७ ख ८८१ नम्बरको लहरी गाडीले वाग्मती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया