छठ पर्व अन्तर्गत आज खरना मनाइँदै

 कात्तिक २३, २०७८ मंगलबार १०:३८:५० | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - सूर्यको पूजा गरि मनाइने छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ ।

आज तेस्रो दिन व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् ।

आज दिनभरि नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ । साँझमा खीर पकाउनको लागि व्रतालुहरु बिहानैदेखि दूधको जोहोको लागि व्यस्त रहेका छन् ।

अत्यन्त निष्ठा एवम् नियमपूर्वक पाँच दिनसम्म मनाइने छठपर्व पछिल्लो समयमा सबैको साझा पर्वको रुपमा परिचित रहेको छ । छठ पर्व अन्तर्गत मुख्य पूजा भोलि साँझ अस्ताउँदो सूर्यलाई घरमा नियम एवम् निष्ठापूर्वक पकाएको ठकुवा, भुसुवा, मिठाइको परिकार, उखु, सुछनी, केरा लगायतका पूजासामग्री अर्घ्यस्वरुप अर्पण गरिन्छ । जसलाई सन्ध्या अर्घ्य भन्ने गरिन्छ ।

बिहीवार बिहान उदाउँदो सूर्यलाई पुन: बिहानको अर्घ्य दिइ छठ पर्व समापन गरिनेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया