कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या

 कात्तिक २४, २०७८ बुधबार ११:१४:२८ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको  छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको हत्या भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टकाअनुसार दुई समूहबीच झडप हुँदा घटना भएको हो । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया