मकवानपुरमा १२२ केजी गाँजासहित एक जना पक्राउ

 कात्तिक २४, २०७८ बुधबार १३:५१:२४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरि गाउँपालिका–९ जयसिंह सडक खण्डबाट प्रहरीले १२२ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान शङ्कास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय नरबहादुर मुक्तानलाई १२२ केजी गाँजासहित पक्राउ गरिएको हो ।

मुक्तानलाई सोधपुछ गर्दा शङ्कास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि नियन्त्रणमा लिइ सामान जाँच गर्दा १२२ किलो गाँजा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल जानकारी दिनुभयो।

पक्राउ परेका मुक्तानलाई गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता रिमालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया