बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेकाे निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य एक सय नाै रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर आठ सय ९५ अमेरिकी डलर पुगेकाे छ ।
‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख, डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै दुई अर्ब ६२ करोड घाटा हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
यसअघि निगमले गएकाे कात्तिक १२ गते इन्धनकाे मूल्य बढाएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।