२४ घण्टामा ३ सय ९७ जनामा काेराेना सङ्क्रमण, ३ सय ८९ जना निकाे

 कात्तिक २६, २०७८ शुक्रबार १६:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५८ अर्थात् तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका तीन सय ९७ सहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार चार सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै २४ घण्टामा तीन सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ९७ हजार चार सय ४८ पुगेको छ । 

यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६९ पुगेको छ । 

अहिले नेपालमा सात हजार चार सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै खोप अभियान सुरु भएदेखि अहिलेसम्म एक करोड ६३ लाख ३१ हजार तीन सय ६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया