एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दै

 कात्तिक २७, २०७८ शनिबार १०:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दैछ ।

वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो । एमालेले यसअघि महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या एक हजार नौ सय ९९ राख्ने निर्णय गरेको थियो । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ ।

जसमा एक जना महिला अनिवार्य गरिएको छ । एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिने भएको छ ।

प्रदेश र त्यस सरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् । कतिपय जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएको छ ।

एमालेले आउँदो मंसिर १०, ११ र १२ गते चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । जसले आउँदाे ५ वर्ष एमालेको नेतृत्व गर्नेछ ।  

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया