सुपथ मूल्यका पसल माघीसम्म सञ्चालन हुने

 कात्तिक २७, २०७८ शनिबार १२:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ। 

कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो ।

कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु सहुलियत दरमा चामल, नुन, चिनी, तेल, गेडागुडीलगायत खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ । 

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउँछन् । 

नुन प्रतिकिलो दुई रुपैयाँ, चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच तथा भटमासको तेलमा प्रतिलिटरमा १० रुपैयाँ छुट छ । यसैबीच साल्ट टेड्रिङ कर्पोरेसनले दशैँ, तिहार, छठको अवसरमा सुपथ मूल्य पसलमार्फत झण्डै चार करोड रुपैयाँको कारोबार गरेको छ । 

सरकारी अनुदान लिएर कर्पोरेसनले असोज १ देखि कात्तिक २४ गतेसम्म तीन करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यसवर्ष सरकारले चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया