बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आज विश्व मधुमेह दिवस । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका बिरामी बढिरहेका बताउनुभयो । उहाँका अनुसार तनाव बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ ।
उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, डाक्टरको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । यस्तै, मधुमेह रोग वंशानुगत रूपमा समेत लाग्ने हुन्छ । बाबुआमालाई मधुमेह भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । यस्तै, बढी तौल भएकाहरुलाई पनि मधुमेह देखिने गरेको डाक्टरले बताएका छन् ।
५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नै नहुने पनि डाक्टरले बताएका छन् । छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु मधुमेहका लक्षण हुन् ।
यो रोगले दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ । मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मधुमेहलाई नियन्त्रणमा राख्न नसके मिर्गौलामा असर गर्ने बताउनुभयो । हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनु पर्न उहाँले बताउनुभयो ।
पछिल्लो समय युवा र बालबालिकामा समेत मधुमेहको समस्या बढ्दै गएको छ । तनाव, चिन्ता, अस्वस्थकर खानपान, अनिद्राको समस्या, शारीरिक तथा मानसिक रुपमा सक्रियता कम हुँदा पनि युवा र बालबालिकामा मधुमेहको समस्या बढ्दै गएको वीर अस्पतालका डाक्टर दीपक मल्लले बताउनुभयो ।
मधुमेहलाई नियन्त्रण गर्न औषधि, व्यायाम र सन्तुलित खानपानसँगै पारिवारिक वातावरण पनि महत्त्वपूर्ण हुने डाक्टरले बताएका छन् । परिवारमा खुशी भए तनाव कम हुने र तनाव कम भए मधुमेहको जोखिम कम हुने डाक्टरको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।