प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक बाटोबाट अदालत प्रवेश

 कात्तिक २८, २०७८ आइतबार ११:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् । उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उहाँ अर्को गेटबाट भित्र छिर्नुभएको थियो । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिर्नुभएको हो ।

अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका छन् । यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ ।

सर्वोच्चका अरु न्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने भने पनि आज विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि इजलास तोक्नुभएको छैन ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • सल्यानी केटो

    Nov. 14, 2021, 12:26 p.m.

    सधै गैराख्ने ठाउमा जुन बाटो बाटो गय पनि उस्कै मर्जी के समाचार बनाउनु पर्या होला ????

  •  0 Reply

तपाईको प्रतिक्रिया