आन्तरिक उडानको भाडा २ सय २० रुपैयाँसम्म बढ्यो, भोलिदेखि लागू हुने

 कात्तिक २८, २०७८ आइतबार १७:३५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ । वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो ।

भोलि साेमवारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले बढेको छ ।

वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो । बढेको सरचार्ज भोलिदेखि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया