बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेको आसन्न दशाैँ राष्ट्रिय महाधिवेशनका लागि धेरैजसाे जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छानिएका छन् । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधि छानिएकाे छ ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेका एमालेले जनाएको छ । पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो ।
एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रतिनिधि चयन भएका जिल्लाहरूमा प्रदेश नं १ को पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुर, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाण्डाै, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीको पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीमा प्रतिनिधि छनोट भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशमा हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ । कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा चयन प्रक्रिया भइरहेकाे छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २६ गते सन्देश जारी गरी उच्च समझदारीका साथ प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यहरूलाई आह्वान गर्नुभएको थियो । गएकाे असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आउँदाे मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौरहामा राष्ट्रिय महाधिवेशन गर्दैछ । पार्टीले एक हजार नाै सय ९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।