बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दल र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको एकीकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादको विरुद्ध हुन जान्छ । आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि सङ्कट पैदा भएको छ । कानुन क्षेत्रका विद्धान अधिवक्ताहरू, उनीहरूका सङ्गठन र नागरिक समाजका अगुवाहरू, न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन् । न्याय क्षेत्रको विद्यमान अवस्था र सङ्कटप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । यो सङ्कट समाधानका लागि राजनीतिक दल, न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ ।’
बैठकले पार्टी कार्यकर्ताहरूलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपद्को बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रूपमा सञ्चालन गर्न तथा जनस्वयम् सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले भर्खरै गठन भएको पाँच दलीय गठबन्धन समन्वय समितिलाई स्वागत गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई चुनावसम्म लैजान यसले सशक्त भूमिका खेल्न पहलकदमी लिनेमा विश्वास व्यक्त गरेको छ । बैठकले गठबन्धनलाई कसिलो बनाउन आह्वान गरेको पनि प्रवक्ता खतिवडाले बताउनुभयो ।
केन्द्रीय कमिटी बैठकले राष्ट्रिय जनगणनामा सही तथ्याङ्क दिएर सहभागिता जनाउन सबैलाई आग्रह गर्दै कालापानी र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
एकीकृत समाजवादीले भर्खरै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धि चाँडो फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ । हिजाे शनिवारदेखि बसेको केन्द्रीय कमिटी बैठक आज आइतवार सकिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।