कात्तिक नाचमा आज जल शयण देखाइँदै

 कात्तिक २९, २०७८ सोमबार ९:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको मङ्गलबजारमा गएको २४ गतेदेखि सञ्चालन भइरहेको कात्तिक नाच अन्तर्गत  आज हरिबोधनी एकादशीका दिन जलशयन नाच देखाइँदैछ ।

हरेक वर्ष हरिबोधनी एकादशीका दिन कात्तिक नाचमा भगवान नारायणसँग सम्बन्धित नाच देखाइने गरिन्छ ।  आज बेलुकी ७ बजेपछि कात्तिक नाचमा भगवान नारायणले मधु कैटभ दैत्यलाई बध गरेको कथावस्तु भएको जलशयन नाच देखाउने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

नेपाल संवत ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको भइरहेको यो नाच यसपालि ३७६ वर्ष पुगेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिन्छ ।

यस नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्खर मन्दिर छेउमा याे नृत्य देखाइन्छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया