आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश जबराको आह्वान (विज्ञप्तिसहित)

 कात्तिक २९, २०७८ सोमबार ११:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नु भएको छ ।

आज विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नु भएको हो । न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै उहाँले छलफलमा आउन आह्वान  गर्नु भएको हो ।

उहाँले विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएशन र न्यायपालिकाबीच हातेमालो हुने गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

विज्ञप्तिमा उहाँले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको उल्लेख गर्नुभएको छ । उहाँले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ । 

उहाँले सर्वोच्च अदालतमा परिसरमा भएको वकिलहरुको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति पनि दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्ता गतिविधि दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विज्ञप्ति :

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया