पर्वतको पैयुँ गाउँपालिकामा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

 कात्तिक २९, २०७८ सोमबार २०:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – पर्वतको पैयुँ गाउँपालिकाले महिलाहरूका लागि एक महिने निःशुल्क लोक सेवाको परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार आउँदाे मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म बिहान ७ बजेदेखि बिहान साढे १० बजेसम्म निःशुल्क कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

लोक सेवा तयारीका लागि शैक्षिक याेग्यता पुगेका १८ वर्षमाथि ४० वर्ष उमेर नकटेकाहरूले मङ्सिर १० गतेसम्म आवेदन दिइसक्नुपर्ने गाउँपालिकाको कार्यालयले जनाएको छ ।  

सरकारी सेवामा महिलाहरूको सहभागिता बढाउन प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क लोक सेवाको परीक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया