भारतसँग दुस्मनी हैन, मित्रता चाहन्छाैँ : तालिबानी विदेशमन्त्री मुक्तकी

 कात्तिक ३०, २०७८ मंगलबार ८:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ।

विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताउनुभएको पनि खबरमा उल्लेख छ ।

तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताउनुभएको छ । देशका धेरै ठाउँबाट इस्लामिक स्टेट आईएसलाई पराजित गरेको र अफगानिस्तानमा धेरै ठूलो खतरा नरहेको उहाँको दाबी छ ।

पहिलो पटक महिला पत्रकारलाई अन्तर्वार्ता दिएका विदेशमन्त्री मुक्तकीले महिलालाई अधिकार दिने सरकारको घोषणा कार्यान्वयन हुने पनि दाबी गर्नुभएको छ । तालिबान पहिलेको तुलनामा धेरै बदलिएको भन्दै उहाँले महिलालाई प्रतिबन्ध लगाएर देश अघि बढ्दैन भन्ने कुरामा आफूहरु ढुक्क रहेको बताउनुभएको खबरमा उल्लेख छ। 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया