जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

 कात्तिक ३०, २०७८ मंगलबार ८:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ ।

बिहान र बेलुका  चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।  मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसाे पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया