प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

 कात्तिक ३०, २०७८ मंगलबार १५:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् । बैठक बसे पनि एमालेका कोही सांसद नआएपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची पनि भोलिका लागि नै सारिएको प्रवक्ता भट्टराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया