गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

 मंसिर १, २०७८ बुधबार ८:१९:२७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । ना ३ च ११९३ नम्बरको भ्यानले ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । दुर्घटनामा घाइते भएका रिजाललाई हेटौंडा अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया