बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
दाङ – दाङको तुलसिपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका विभिन्न १२ वटा स्थानलाई घुम्नुपर्ने पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरेको छ । उपमहानगरको कार्यपालिका बैठकले उपमहानगर भित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकरण गरेको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाले जनाएको छ ।
उपमहानगरपालिकाले वडा नम्बर ३ मा रहेको थर्कोटसहित समशितोष्ण र भैरव गुफा, ऊँ नरसिंह भैरव सामुदायिक होमस्टे, वडा नम्बर ४ को चमेरे गुफा र चमेरे गुफा सामुदायिक होमस्टे, वडा नम्बर ५ को नमुना भुयाँर थान र नमोबुद्ध गुम्बा, वडा नम्बर ६ को त्रिसिद्धेश्वरी मन्दिर, वडा नम्बर ७ को राप्ती शान्ति उद्यान पार्क र त्यहाँ रहेको होमस्टेलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।
यस्तै वडा नम्बर ८ को राधाकृष्ण मन्दिर र बटौलपुर सामुदायिक होमस्टे, वडा नम्बर १० को गौरीगाउँ ताल, वडा नम्बर ११ को सुकौराकोट, वडा नम्बर १२ को शितलपुर धाम, वडा नम्बर १८ को शिवालय मन्दिर, खेलकुद रंगशाला र नेपाल संस्कृत विश्वविद्यालय र वडा नम्बर १९ को छिल्लीकोट कालिका मालिका मन्दिर, मादले तथा सिट्टी गुफा, सुगन्धित मालागिरी तथा अन्य वन सम्पदालाई उपमहानगरले पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत गरेको तुलसिपुर उपमहानगरपालिकाले जनाएको छ ।
यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम भैरहेको उपमहानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।