२४ घण्टामा १ लाख जनाभन्दा धेरैले लगाए काेराेनाविरुद्धकाे खाेप

 मंसिर १, २०७८ बुधबार १७:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा अहिलेसम्म ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा र ८९ लाख ६१ हजार आठ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । समग्रमा नेपालमा एक करोड ६६ लाख ३७ हजार मात्रा भन्दा धेरै खोप लगाइएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार नौ सय ९३ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४३ प्रतिशत अर्थात् चार सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय दुई जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार नौ सय १६ पुगेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८३ पुगेको छ ।

नेपालमा अहिले सात हजार ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया